November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इलाम जिससमा एमाले-एकीकृत समाजवादी गठबन्धन विजयी

2K

इलाम । जिल्ला समन्वय समिति इलामको प्रमुखमा एमालेका उम्मेदवार जयप्रकाश राई विजयी भएका छन । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार चित्रकला बराइली निर्वाचित भएका छन् ।

प्रमुखमा निर्वाचित राईले नेपाली कांग्रेसका विमल वैद्यलाई हराउँदै विजयी भएका हुन् भने उपप्रमुखमा एकीकृत समाजवादीका चित्रकला बराइलीले कांग्रसकी कमला अधिकारी बराललाई हराउँदै विजयी भएका हुन् ।

प्रमुखमा एमालेका राईले १२ मत प्राप्त गर्दा उपप्रमुखमा एकीकृत समाजवादीका बराइलीले १३ मत प्राप्त गरे ।

Advertisement