ए-स्टारको झण्डा सगरमाथाको चुचुरोमा

लण्डन । बेलायतमा सञ्चालित एक प्रतिष्ठित व्यापारिक प्रतिष्ठान एस्टार फाइनान्सियल सोल्यूसन्सको झण्डा विश्वको सर्वोच्च शिखरसगरमाथामा पुर्याइएको छ । हाल बेलायती सेनामा कार्यरत सैनिक तेजन गुरुङले सो झण्डासगरमाथाको चुचुरोमा पुर्याएका हुन् । उनले ए स्टारसँगै ब्रिगेड अफगोर्खाज क्रिकेट क्लवको झण्डा पनि शिखरमा पुर्याएका छन् । एस्टार सो क्रिकेट क्लवको प्रायोजक रहेको छ । कीर्तिमानी पर्वतारोही निम्स पुर्जाको पर्वतारोहण कम्पनी एलाइटएक्सपिडिसन्सबाट गुरुङले सगरमाथा आरोहण गरेका हुन् । उनीनिम्स पुर्जासँगै सगरमाथा शिखरमा पुगेका हुन् । सगरमाथाआरोहणपछि गुरुङ, विमल पुर्जा र निम्स पुर्जाले ल्होत्सेको पनि सँगैआरोहण गरेका छन् ।ए स्टार फाइनान्सियल सोल्यूसन्सका प्रिन्सिपल चार्टर्ड फाइनान्सिलएडभाइजर मीन दर्लामीले ए स्टारको लोगो सगरमाथाको चुचुरोमापुग्दा गर्व लागेको बताए । उनले बेलायतमा एक दशकदेखिग्राहकहरुलाई व्यावसायिक सेवाका साथमा समुदायकोसशक्तीकरण र युवाहरुलाई उत्प्रेरणाका लागि सहयोग गर्दैआएकोमा यसबाट अझै थप सहयोग गर्न हौसला मिलेको बताए ।उनले विश्वको सर्वोच्च शिखरमा ए स्टारको झण्डा फहराएजस्तैग्राहकलाई पनि उच्चस्तरको सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बताए।  Advertisement एक दशकअघि स्थापित ए स्टारले बेलायतभर पेन्सन, विल(इच्छापत्र), मोर्गेज, इन्भेष्टमेण्ट, इन्स्योरेन्स, रियल स्टेट लगायतकाक्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।यसका साथै युवाहरुलाई हौसला प्रदान गर्न विभिन्न खेलकुदप्रतियोगितामा पनि प्रायोजन गर्दै आएको छ । बेलायतमापहिलोपटक भइरहेको नेप्लिज बास्केटबल लिग प्रतियोगिताको एस्टार टाइटल स्पोन्सर रहेको छ भने फुटबलतर्फ ब्रिगेड ब्वाइजफुटबल क्लव र हिलिङडन गोर्खा युथ फुटबल क्लव, क्रिकेटतर्फब्रिगेड अफ गोरखाज क्रिकेट क्लव र गोर्खा क्रिकेट क्लव, भलिबलतर्फ केन्ट भलिबल क्लव, मार्शल आर्टतर्फ बक्सर आदिपराना, मिक्स्ड मार्शल आर्ट फाइटर युकी आङदेम्बेलगायतलाईप्रायोजन गरेको छ ।