May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

बागीलाई सघाएको भन्दै एमालेबाट आठ जना निष्काशित

465

दमक । नेकपा (एमाले) मेचीनगरले बागी उम्मेदवार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरूद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहनेगरी कारबाही गरिएको हो ।

उपप्रमुखमा बागी उम्मेदवारी दिएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजक थिए ।

पार्टीबाट निष्काशित हुनेमा उपप्रमुखको बागी उम्मेदवार घिमिरेका समर्थक र प्रस्तावक क्रमशः दीपक घिमिरे र खिलबहादुर गिरी छन् । वडा नं २ का आधिकारिक उम्मेदवार दीपक बरालविरुद्ध बागी उम्मेदवारी दिएका तिलक न्यौपाने र उनको समर्थक बसेका मेघनाथ बाँस्तोलालाई पनि एमालेले कारबाही गरेको छ ।

Advertisement

बागी उम्मेदवार न्यौपानेको प्रचार प्रसारमा लागेका सोही वडाका पार्टी अध्यक्ष भानु ढुङ्गेल, तुलसा धिताल र हरिचरण चौलागाईलाई समेत अनुशासन उल्लङ्घन गरेको आरोपमा एमालेले कारबाही गरेको छ ।

वडा नं ७ को वडाध्यक्षमा एमालेका बागी उम्मेद्वार नेत्रप्रसाद दाहाललाईसमेत पार्टीको सदस्यसमेत नरहने गरी निष्काशित गरिएको पार्टीका नगर अध्यक्ष पोखरेलले बताए ।