November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ योजना आयोग उपाध्यक्षमा डा. पूर्ण लाेक्सम नियुक्त

2.6K

विराटनगर : प्रदेश नंं. १ को मन्त्रिपरिषद् बैठकले आज प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गरेको छ। बैठकले पाँचथरका डा. पूर्ण लोक्सोमलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हाे। लोक्सोम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए। 

त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की(संखुवासभा), नारायण कोइराला(सुनसरी), प्रकाश राई(भोजपुर) र अञ्जु खड्का(मोरङ)लाई नियुक्त गरिएको छ। साथै बैठकले प्रदेश यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरेलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ।

बैठकले सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ लाई संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय समेत गरेको छ। उक्त बैठकले स्मृति प्रतिष्ठान, फाउण्डेसन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७८ स्वीकृतलगायत निर्णय गरेकोे छ।

Advertisement