November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ : प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

2.4K

विराटनगर : प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आज (आइतबार) बसेको बैठकले राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकार दिँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको बताए।

योसँगै चालू अधिवेशनमै प्रदेशको नामकरणको विषय टुंगो लगाउने चर्चा अधिवेशन अन्त्यसँगै तत्कालका लागि टरेको छ।

Advertisement