विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सात मन्त्रालय रहेको प्रदेश १ मा अब १३ वटा मन्त्रालय बनाइएको छ।
नेपाली काँग्रेसबाट ५, नेकपा एसबाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना मन्त्रिपरिषदमा रहनेछन्।
सात मन्त्रालय फुटाएर १३ बनाउने यसअघि नै मन्त्रिपरिषदबाट निर्णय भएको थियो। प्रदेश १ मा १९ मन्त्रालयसम्म बनाउन पाइने संविधानको व्यवस्था रहेको सत्तारूढ गठबन्धनले दाबी गरिरहेका छन् भने नेकपा एमालेले भने मन्त्रालय फुटाउने निर्णयको विरोध गरेको छ।
स्रोतका अनुसार आज मुख्यमन्त्री राईले मन्त्रिपरिषद विस्तार गर्ने र नियुक्त हुने मन्त्रीहरूले आज ११ बजे सपथ लिने कार्यक्रम रहेको छ।
मुख्यमन्त्रीले दलहरूसँग मन्त्री हुनेहरूको नाम माग गरेको र दलहरूले नाम दिइसकेको स्रोतले बताए ।
