April 16, 2024, Tuesday
२०८१ बैशाख ४
1:37:26 pm

लोकसेवा आयोगले निष्पक्ष रुपमा कार्यसम्पादन गर्दा जनतामा विश्वसनीयता कायम भएको खापुङको भनाइ

1.5K

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगले निष्पक्ष रुपमा कार्यसम्पादन गर्दा जनतामा यसले विश्वसनीयता कायम गरेको बताएका छन् । प्रदेश लोक आयोगको दोस्रो वार्षिकात्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमको आज उद्घाटन गर्दै उनले निष्पक्ष, दक्ष, इमान्दार, समक्ष कर्मचारी उत्पादन गरेमा सार्वजनिक प्रशासनमा सबैको विश्वास आर्जन सफल हुने बताए ।

खापुङले प्रदेश सरकारले आगामी दिनमा आयोगको आन्तरिक कार्य सञ्चालनमा रहेको समस्या समाधान गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । आयोगले आफ्नो कार्य समस्यारहित ढङ्गले छिटो छरितोरुपमा सम्पादन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आयोगलाई जनमुखी, विश्वसनीय र समक्ष बनाउन आवश्यक सहयोग गर्ने बताए । उनले जनशक्ति, कानुन र पूर्वाधार अभावबीच आफ्नो दायित्व सफलतापूर्वक सम्पन्न गरकोमा आयोग धन्यवादको पात्र रहेको उल्लेख गरे ।

Advertisement

मुख्यमन्त्री राईले आयोगले विवादरहित ढङ्गले दत्तचित्त भएर कार्यमा लाग्नुपर्नेमा जोड दिँदै स्वास्थ्यलगाय अन्य आवश्यक जनशक्ति नियुक्त गर्ने सम्बन्धमा बाधा फुकाउन सरकारले अध्ययन गरिरहको जानकारी गराए ।