November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बेपत्ता परिवारलाई सरकारले सम्बोधन गर्छ : मुख्यमन्त्री

2.4K

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएकाहरूकाको परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट परेका छन् ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग’का पदाधिकारीहरूसँगको छलफलमा उनले प्रदेश सरकारसँग बजेटको चुनौती भए पनि बेपत्ता पारिएकाहरूका परिवारलाई अन्य ढंगले सहयोग गर्ने प्रष्ट पारे ।

‘प्रदेश सरकारसँग बजेटको आयतन नै सानो हुने रहेछ’ मुख्यमन्त्री राईले भने, ‘धेरै नभए पनि सांकेतिक रुपमा केही आर्थिक दायित्व लिन्छौं ।’ उनले बेपत्ता पारिएकाहरूका परिवारलाई रोजगारी दिने, सीपमूलक तालिम प्रदान गर्ने, शिक्षा तथा स्वास्थ्य उपचार एवं बीमाजस्ता कार्यक्रमबाट लाभान्वित गर्न सकिने विचार व्यक्त गरे ।

Advertisement

छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष युवराज सुवेदीले देशभरि ३२९२ व्यक्ति बेपत्ता भएको उजुरी आएको जानकारी दिए । तीमध्ये तीन सय जना प्रदेश नं. १ मा अझै बेपत्ताको सूचिमा रहेको बताए ।

उनले प्रदेश नं. १ मा बेपत्ता भएकाहरूकाको सूचि मुख्यमन्त्री राईलाई बुझाएका छन् । छलफलमा आयोगका सचिव श्यामकुमार भट्टराईले आयोगले अहिलेसम्म गरेका प्रगति विवरण बारे जानकारी गराएका छन् । उनले आयोगमा परेका उजुरीमा दुई हजार पाँच सयको छानविन भइसकेको र तिनमा १२५७ बेपत्ताको सूचीमा परी राज्यबाट १० लाख राहत पनि पाएको बताए । उजुरी आएकामध्ये १८६ जना प्रक्रियामा रहेको उनले जानकारी दिए ।