November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एमाले इलाम अध्यक्षमा तीनजनाको दाबी

6.2K

इलाम : नेकपा (एमाले)ले इलामको जिल्ला अध्यक्षमा आकांक्षीको लर्को छ। पार्टीले सर्वसम्मत वा अधिकतम सहमतिबाट नेतृत्व चुन्न निर्देशन दिए पनि आकांक्षी धेरै भएकाले सर्वसम्मत हुन कठिन देखिएको छ।

गुटगत राजनीति गरे कारबाही हुने भएपछि उम्मेदवारहरू आफू/आफू मात्रै आकांक्षा देखाइरहेका छन्। चुनाबमा लडे वा पराजित भए पार्टीबाटै किनारा लाग्ने सम्भावना देखिएर पनि अधिकांश उम्मेदवार सर्वसम्मत हुनुपर्नेमा जोड दिएका छन्। तर‚ आकांक्षीहरूले नेतृत्व पाउनुपर्नेमा निकट शीर्ष नेताहरुसँग लबिङ गरिरहेका छन्।

तीन आकांक्षी

Advertisement

जिल्ला अध्यक्षमा तीन जनाको नाम चर्चामा छ। वर्तमान जिल्ला अध्यक्ष एवं इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, सचिवालय सदस्य डा. देवी क्षेत्री दुलाल र नरेन्द्रनाथ भट्टराईको नाम अध्यक्षमा चर्चा छ।