इटहरी । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघको १ नं प्रदेश स्तरीय पूनर्गठन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सुनसरीको इटहरी स्थीत हलगडा प्रदेश पार्टी कार्यालयमा दुई दिन भएको कार्यक्रमले प्रदेश समिति समेत पूनर्गठन गरेको छ । कार्यक्रमबाट श्री सुब्बाको अध्यक्षतामा १७ जना पदाधिकारी र ८४ जनाको समिति गठन भएको समाजवादी युवा संघ प्रदेश नं एकका सचिव मिम लिम्बूले जानकारी दिए ।
सचिव लिम्बूका अनुसार समितिको बरिष्ठ उपाध्यक्षमा टाइसन केरुङ, उपाध्यक्षहरु क्रमश शुसिल कुमार यादव, दिपक कुमार तामाङ, रमेश तुइया, विपिन नेपाल, कृष्ण कट्टेल र अरविन्द राई चयन भएका छन् । त्यसैगरि समितिको मूख्य सचिव पवन विष्ट, सचिवहरु क्रमश निशान राई, हरिन्द्र प्रसाद लिम्बू, मिम लिम्बू र गुञ्जमान माझी रहेका छन् । समितिको कोषाध्यक्षमा डाबाङ नुरी शेर्पा चयन भएका छन् । सदस्यहरुमा विश्वराज राई, डाइमन राई, शुरेस याम्फु लगायत रहेका छन् ।
जसपा प्रदेश एक अध्यक्ष प्रविण चाम्लिङको प्रमुख आथित्यता र समाजवादी युवासंघ केन्द्रिय अध्यक्ष योगेन्द्र राय यादवको विशेष अथित्यतामा भएको कार्यक्रममा समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी सदस्य तथा प्रचार प्रशार बिभाग प्रमुख डम्बर वल्लभ खतिवडा, केन्द्रिय सदस्य तथा प्रदेश नं एक उपाध्यक्ष उमेश थापा र प्रदेश नं एक सदस्य राम माण्डुप्पा राईले प्रशिक्षण दिएका थिए ।
