काठमाडौं । नेपाली काँग्रेस १४औं महाधिवेशन अन्तर्गत प्रदेश १ महिला केन्द्रीय सदस्यमा महेन्द्रकुमारी लिम्बू निर्वाचित भएकी छन् । उनले गोमाकुमारी भट्टराई र लिलादेवी बोखिम लिम्बूलाई पछि पार्दै निर्वाचित बनेकी हुन् ।
मत परिणाम अनुसार जम्मा ४७०७ खसेकोमा महेन्द्रकुमारी लिम्बुले २२२९ मत प्राप्त गरेकी हुन् । १५ मत बदर भएको थियो ।
गत मंसिर २७ गते भएको चुनावमा प्रदेश १ महिला केन्द्रीय सदस्यमा तीन जनाले उम्मेदवारी दिएका थिए ।