June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

अनेकतामा एकता नै देशको पहिचान हो: परशुराम खापुङ

7.8K

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले आदिवासीहरुको पर्वमा शुभकामना व्यक्त गरेका छन् । आइतबार शुभकामनापत्र सार्वजनिक गर्दै खापुङले उधौली पर्व, साकेला, साकेवा, फोलष्याँदर, चासोक तङ्नाम, योमरी पुन्ही, ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा शुभकामना दिएका हुन् ।

खापुङले शुभकामनापत्रमा नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधताले भरिपूर्ण देश भएको उल्लख गर्दै अनेकतामा एकता नै देशको पहिचान रहेको बताएका छन् ।

त्यस्तै, मानिसले सामाजिक विकासमा लम्कँदा बनेका विविध संस्कार र संस्कृतिलाई देशले पनि आत्मसात गरेको र यी सबै चाडहरूलाई मनाएर सामुहिकतामा एकता खोजेको पनि बताए ।

Advertisement

उनले कोभिड –१९ बाट सावधानी अपनाउदै चाड मनाउनुपर्ने पनी उल्लेख गरेका छन् ।

शुभकामनाको पत्रको पूर्ण पाठ

शुभकामना

नेपालको प्रमुख चाडमध्ये उधौली पर्व, साकेला, साकेवा, फोलष्याँदर, चासोक तङ्नाम, योमरी पुन्ही, ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा सम्पुर्ण नपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हर्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधताले भरिपूर्ण देश हो । अनेकतामा एकता नै देशको पहिचान हो । प्रकृतिसँग सम्बन्धित नेपालमा यामसँगै शुरु हुने चाडहरूले देशलाई रङ्गिन बनाएको छ । उधौली अर्थात लेकदेखि वेशीतर्फ सर्ने, चिसोबाट बच्ने गरेको उपायलाई पछि चाडपर्वमा विकास गरेको पाइन्छ । त्यसैगरी आफूले फलाएको अन्न, फलफूललाई पहिले प्रकृतिलाई चढाएर मात्र मानिसले खाने प्रथा पनि प्रकृतिसँग सम्बन्धित छ । मानिसले सामाजिक विकासमा लम्कँदा बनेका विविध संस्कार र संस्कृतिलाई देशले पनि आत्मसात गरेको छ । यी सबै चाडहरूलाई मनाएर सामुहिकतामा एकता खोजेको छ ।
वर्तमान परिप्रेक्ष्यमा कोरोना भाइरस (कोभिड –१९) ले विश्वलाई अक्रान्त पारिरहेको छ । नेपाल पनि यसमा अछुतो छैन । त्यसैले उधौली पर्व सामुहिक रूपमा मनाउनुपर्ने हुँदा यसतर्फ सावधानी अपनाएर चाडपर्वसँग रमाउनुहुनेछ भन्ने आशा पनि व्यक्त गर्दछु ।
अन्त्यमा पुनः उधौली पर्व, चासोक तङ्नाम, साकेला, साकेवा, फोलष्याँदर, योमरी पुन्ही, ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा समस्त नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

२०७८।०९।०४
परशुराम खापुङ
प्रदेश प्रमुख, प्रदेश नं. १
विराटनगर