January 23, 2022, Sunday
२०७८ माघ १०
1:37:26 pm

माओवादी केन्द्र तेह्रथुमको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन

545

तेह्रथुम । नेकपा माओवादी केन्द्र तेह्रथुमको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन भएका छन् । केन्द्रले तेह्रथुममा दोस्रो पालिका सम्मेलनद्वारा नयाँ नेतृत्व सर्वसहमत चयन गरेको हो ।

जिल्लाको म्याङलुङ नगरपालिकाको अध्यक्षमा दिपक कट्टेल, उपाध्यक्ष सोभा दाहाल, नुमबहादुर लिम्बू सन्तोस थेगुवा, सचिव प्रेम खड्का, सहसचिव थानेश्वर सोदेम्बा र कोषाध्यक्ष मंगला नेपाली चयन भएका छन् ।

त्यस्तै, लालिगुराँस नगरपालिकामा अध्यक्ष छिरिङ लामा, उपाध्यक्ष दिलप्रसाद लिम्बू, टेकबहादुर मगर, टिका लिम्बू, सचिव हजेन्द्र संग्रौला, सहसचिव पूर्ण पौड्याल र कोषाध्यक्षमा सिम्पल पिठा चयन भएका छन् ।

Advertisement

त्यसैगरी छथर गाउँपालिकाको अध्यक्षमा अनिल आङ्खेवा, उपाध्यक्ष डोलेन तिगेला, निरोज निरौला, डुढेन्द्र कटुवाल, सचिव लिलम खुलाल, सहसचिव नारायण लिम्बु र कोषाध्यक्ष मार्था कङ्दन्वा चयन भएका छन् ।

मेन्छेयाम गाउँपालिका अध्यक्ष मनकुमार लिम्बु क्षितिज, उपाध्यक्ष बमबहादुर पंधाक, फुर्वा शेर्पा, कर्ण तामाग्ङ, सचिव योगेस भट्टराई, सहसचिव सुवास ढकाल, कोषाध्यक्ष सिता तामाङ चयन भएका छन् ।

त्यस्तै, फेदाप गाउँपालिकामा अध्यक्ष टीका पयांगु , उपाध्यक्ष दयाराम भट्टराई , गौरी सापकोटा , रामेश्वर सुवेदी, सचिव शिव कुरुङवाङ, सहसचिव भिम भट्टराई र कोषाध्यक्ष प्रमिला लिम्बू चयन भएका छन् ।

त्यसैगरी आठराई गाउँपालिकाको अध्यक्षमा गणेश बिमली, उपाध्यक्ष जय कन्दङवा, उपाध्यक्ष रमिला खनाल, उपाध्यक्ष रत्न मणि ओली, सचिव रुद्र फोम्वो, सहसचिव सागर थिङलाबु र कोषाध्यक्षमा अन्जना पौठाक चयन भएका छन् ।