December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

उदयपुर क्षेत्र नम्बर १ को सभापतिमा खगेन्द्र राई र २ मा रामकुमार राई

300

उदयपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उदयपुरको क्षेत्र नं १ मा सभापतिमा खगेन्द्र राई र क्षेत्र नं २ मा रामकुमार राई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी वसन्त बस्नेतलाई पराजित गर्दै राई विजयी बनेका हुन् ।

निर्वाचन समितिका अनुसार चौदण्डीगढी नगरपालिकाका प्रमुखसमेत रहेका खगेन्द्र राई र प्रतिद्धन्द्धीबीच १० मतको मतान्तर भएको थियो । त्यसैगरी सचिवमा सुशील खत्री र सन्तोष कोइराला तथा सहसचिवमा ओमकार कट्टेल र बेचु चौधरी विजयी भएका छन् ।

यस्तै क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा रामकुमार राईले निकटतम प्रतिद्वन्द्वी रामकुमार खत्रीलाई १५ मतको अन्तरले पराजित गरे । सचिवमा मोहनसिंह ठकुरी र हीराकुमार कार्की तथा सहसचिवमा कदमबहादुर कटवाल विजय भएको उदयपुर कांग्रेसले जानकारी दिएको छ ।

Advertisement