March 15, 2025, Saturday
२०८१ चैत्र ३
1:37:26 pm

नेकपा माओवादी केन्द्र कनकाईको दोस्रो वडा अधिवेशन सम्पन्न

3.1K

झापा । नेकपा माओवादी केन्द्र कनकाईको दोस्रो वडाअधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कनकाई १ बाट दलबहादुर विकको अध्यक्षतामा सर्वसम्मत २९ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा कृष्णप्रसाद सिटौला, सचिवमा दिपक घिमिरे, सहसचिवमा पहलमान विक, कोषाध्यक्षमा गंगादेवी सुवेदी लगायात चयन भएका छन् । यसैगरि २ नम्बरको वार्ड अध्यक्षमा युवा नेता मधुसुदन भट्टराई, उपाध्यक्षमा गंगाप्रसाद घिमिरे, सचिवमा उमाकान्त ढकाल, सहसचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा यसोदा मिश्र गुरागाईँ लगायात चयन भएका छन् ।

यसैगरि कनकाई ३ को पार्टीको अध्यक्षमा पुन लीलाराज खड्का झापाली, उपाध्यक्षमा पुर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहेका नेत्रप्रसाद ढुङ्गेल, सचिवमा हिमाल ढकाल, सहसचिवमा प्रतिक लामिछाने र कोषाध्यक्षमा प्रेमकुमारी पौडेल लगायात २९ सदस्यीय वार्ड कमिटी गठन भएको गठन भएको छ । सचिव र सहसचिव दुवैले एमाले परित्याग गरि माओवादी प्रवेश गरेका युवा नेता रहेका छन् ।

Advertisement

त्यस्तै, ४ मा गोविन्द चापागाईको अध्यक्षतामा २९ सदस्यीय वार्ड कमिटी गठन गरिएको छ, जसमा उपाध्यक्षमा केदारनाथ दाहाल, सचिवमा मेघराज मगर, सचिवमा रविन्द्र कडेँल, कोषाध्यक्षमा सवुरवत्ती चौधरी रहेका छन् ।

त्यस्तै, ५ नम्बरमा अध्यक्षमा प्रेम ओली, उपाध्यक्षमा मोहनकुमार प्रसाई, सचिवमा प्रदिप उप्रेती, सहसचिवमा पासाङ्ग सेर्पा र कोषाध्यक्षमा माया पोखरेल घिमिरे रहेका रहेका छन् ।

साथै ६ नम्बरमा अध्यक्षमा रेवतबहादुर रेग्मी, उपाध्यक्षमा वृहस्पति राजवंशी, सचिवमा गंगादेवि वराल, सहसचिवमा देवेन्द्र खबास र कोषाध्यक्षमा मेनुका पुलामी लगायात रहेका छन् ।

त्यस्तै, ७ नम्बरको अध्यक्षमा अनिरुद्र चापागाईँ, उपाध्यक्षमा विष्णुमाया प्रसाई, सचिवमा नरेन्द्र उप्रेती, सहसचिवमा रन्जित राई र कोषाध्यक्षमा निशा न्यौपाने लगायात २९ सदस्य रहेका रहेका छन् । आयोजकका अनुसार वडा नम्बर ८ र ९ भने केहिदिनभित्रै वार्ड कमिटी गठन गरिने छ ।

शनिबार ललित भवन दुर्गापुरमा माओवादी केन्द्रका जिल्ला संयोजक बिजय साम्पाङ्गको प्रमुख आतिथ्यता र माओवादी केन्द्र १ नम्बर वडा कमिटी अध्यक्ष दलबहादुर विकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रममा पार्टी इन्चार्ज गोपाल प्रसाई, पार्टीका जिल्ला नेतृत्वहरु सारदा प्रसाई पाठक, वेद खतिवडा, शहिद परिवारका केन्द्रीय सदस्य निर्मल पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु राखेका थिए ।

कार्यक्रमलाई ६ नम्बरका अध्यक्ष कृष्ण खतिवडाले संचालन गरेका थिए भने महिला नेत्री तथा सुकेडाँगी सामुदायिक वन समुहकी अध्यक्ष शान्ता घिमिरेले स्वागत गरेकी थिइन् ।

इक्साहाङ चेम्जोङको सहयोगमा