January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

कनकाइ नगरपालिकाको सलोराम अध्यक्षमा महेन्द्र कन्दङ्वा

२०७८ कार्तिक ३०

560

झापा । संलोराम, संघीय लिम्बुवान मञ्च, नेपाल कनकाइ नगरपालिका वडा नं ७ को तेस्रो अधिवेशन मंगलबार सम्पन्न भएको छ । कनकाइमा सम्पन्न अधिवेशनले ११ सदस्यीय समिति निर्वाचित गरेको छ ।

महेन्द्र कन्दङ्वाको अध्यक्षतामा चयन भएको उक्त समितिको उपाध्यक्षमा लोकनाथ अधिकारी, राम कुमारी पाहिम सचिव गोबिन्द साँवा, सहसचिव भावना लिम्बू, कोषाध्यक्ष गीता चेम्जोङ र सदस्यहरुमा योनिसा साउदेन, वाजुम हाँस्दा, सन्देश परियार, राज कुमार मेन्याङ्बो र निमा तामाङ रहेका छन् ।

कार्यक्रम वसन्त मेन्याङ्बोको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि केन्द्रिय सचिवालय सदस्य भक्त मेन्याङ्बो र अतिथिहरु जिल्ला अध्यक्ष धनबहादुर पन्धाक, जिल्ला सदस्य प्रेमकुमार फोम्बो, जर्तन किस्कु, ताराचन खवास, निर्मल आङ्थुपो र इक्साहाङ चेम्जोङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisement