January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

जसपाबाट निर्वाचित वडाध्यक्ष काँग्रेसमा प्रवेश

२०७८ कार्तिक २०

365

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष अस्लम आलम जनता समाजवादी पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

वडाध्यक्ष आलमसहित विराटनगर महानगरपालिका–१७ का वडासदस्य फिरोज आलम पनि जसपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन्।

उनीहरुलाई काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले शुक्रबार पार्टी प्रवेश गराएका थिए ।

Advertisement

पार्टी प्रवेशपछि कार्यक्रममा वडाध्यक्ष आलमले नेपाली काँग्रेसलाई एकढिक्का र मजबुत बनाउन आफू सधैँ लाग्ने बताए ।

कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।