January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

पान्थरमा किरात वंशका अन्तिम राजा हिलिहाङ योङहाङको संग्रहालय बन्ने

२०७८ कार्तिक १९

265

पान्थर । पान्थरको हिलिहाङ गाउँपालिकामा किरात वंशका अन्तिम राजा हिलिहाङ योङहाङको संग्रहालय बन्ने भएको छ । तत्कालीन राजा हिलिहाङले शासन गरेको हिलिहाङ–४ स्थित हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा निर्माणको प्रक्रिया सुरु गरिएको छ ।

संघीय सरकार र हिलिहाङ गाउँपालिकाको साझेदारीमा दुई करोड ५१ लाख ६८ हजार ३१८ को लागतमा दरबार निर्माण हुन लागेको हो । प्यागोडा शैलीमा निर्माण हुन लागेको उक्त संग्रहालयको पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले शिलान्यास गरेका छन् ।

निर्माण कार्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० र हिलिहाङ गाउँपालिकाले ३० प्रतिशत लागत साझेदारी रहन भएको छ ।

Advertisement

सम्झौतामा उल्लेख भएअनुसार दरबार निर्माणको काम २०८० साल माघ २५ गतेभित्र पूरा गर्नुपर्ने छ । सोही स्थानमा हिलिहाङ फाउण्डेसनले प्रवेशद्वारसहित दुईवटा सालिक निर्माण गरेका छ ।