December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

सौर्य एयरलाइन्सले आगामी कात्तिक २२ देखि विराटनगर–भैरहवाको सिधा उडान संचालनमा ल्याउने

२०७८ कार्तिक १८

710

विराटनगर । सौर्य एयरलाइन्सले नेपालमा पहिलोपटक अन्तरप्रदेशीय हवाई सेवा संचालनमा ल्याउने भएको छ । प्रदेश १ को राजधानी विराटनगरदेखि लुम्बनी प्रदेशको भैरहवा र भैरहवादेखि लुम्वनीसम्म सो सेवा संचालनमा ल्याउने भएको हो ।

आगामि कात्तिक २२ गते देखि विराटनगर–भैरहवाको सिधा उडान संचलनमा आउने सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए । उनले प्रत्येक दिन एकपटक नियमित ?पमा विराटनगर–भैरहवा हवाई सेवा संचालन हुने बताए ।

अध्यक्ष पोखरेलले हालका लागि दैनिक १ उडान भर्न अनुमति पाएको र आवश्यकता परे अगामी दिनमा उडान संख्यामा वृद्धि गर्दै जाने बताए । उनले प्रति यात्री मात्र रू. ६ हजारमा यात्रा गर्न सकिने जानकारी दिए ।

Advertisement

दुई प्रदेशका यात्रुलाई लक्षित गरी विराटनगर–भैरहवा हवाई सेवा संचालनमा ल्याएको सौर्य एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले बताए । उनका अनुसार दैनिक उडानका लागि नेपाल नागरिक उड्यन प्राधिकरणबाट स्वकृति पाएपछि उडान गर्ने निर्णय गरिएको हो ।

सडक यात्राबाट १२÷१३ घण्टा लाग्ने विराटनगर भैरहवाको यात्रा एयरलाइन्सको माध्यमले ५३ मिनेटमै हुनेछ । सौर्य एयरलाइन्सको ३ वटा जहाज दैनिक ९ वटा उडान भर्दै आएको छ । हाल विराटनगर, भद्रपुर, भैरहवा, धनगढिको उडान भर्दै आएको कम्पनीले जनाएको छ । निकट भविष्यमा कमपनीले नेपालगञ्ज–राजविराज र भद्रपुर–नेपालगंजको उडान भर्ने बजार व्यवस्थापक खनालले बताए ।