November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ मा नयाँ सरकार गठनको आह्‍वान

२०७८ कार्तिक १५

2K

काठमाडौं : प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि आह्वान भएको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यको राजीनामा बुझेलगत्तै नयाँ सरकार गठनको आह्वान गरेका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न प्रदेशसभामा प्रतिनिधित्‍व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेका छन्। 

मुख्यमन्त्री आचार्यको राजीनामा प्रदेश प्रमुखबाट स्वीकृत भइसकेको छ। प्रदेश प्रमुखको आह्वानलगत्तै विपक्षी गठबन्धनले ५० सांसदको हस्ताक्षरसहित राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन निवेदन दिने तयारी गरेका छन्। 

Advertisement

९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेसँग ४१ सांसद छन्। सभामुख र एकजना सांसद फरार रहेकाले मुख्यमन्त्री आचार्यको पक्षमा ३९ मत मात्र प्राप्त हुने अवस्था छ। प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ। 

विपक्षी गठबन्धनसँग ५० जना सांसद छन्। गठबन्धनमा रहेको कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन्। राप्रपामा एक जना छन्।