November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लिङ्देन आत्मानन्द सेइङद्वारा युमा माङहिमको उद्घाटन गरिने

२०७८ कार्तिक १४

2.3K

नडाहा । किरात धर्मावलम्बीहरुले बराहक्षेत्र नगरपालिका वडा नम्बर –३ स्थित खोरियामा १३७ औं महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाउने भएको छन् । कात्तिक २५ गते विविध कार्यक्रमहरुको आयोजना गरी महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाउन लागिएको हो ।

स्रोतका अनुसार २३ गते सप्तकोशीमा गालीश्राप बगाउने, २४ गते विश्वशान्ति मानव एकताको निम्ति सेवा पूजा र २५ गते महागुरु फाल्गुनन्द १३७ औं जन्मजयन्ती मुल समारोहको समुद्घाटन गरिनेछ । सोही दिन किरात धर्मगुरु तथा गुरुआमाहरुको हस्तबाहुलीबाट माङहिम समुद्घाटनका साथै महागुरु फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण गरिने छ ।

त्यसैगरी कार्यक्रममा विविध साँस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिने छ । साथै आशीर्वचन , बेलुकी दिपावली र माङलाङ, केलाङका साथमा साँस्कृतिक कार्यक्रमहरु हुनेछन् भने कार्तिक २६ गते परपाहुना, इष्टमित्रहरुलाई विदाई गरेर यो वर्षको महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम सम्पन्न हुनेछ ।

Advertisement

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको १३७ औं जन्मजयन्ती मूल समारोह आयोजक समितिका अध्यक्ष रानाहाङ एभेङले बताए । “हामी कार्यक्रमको अन्तिम तयारीमा छौँ । कार्यक्रममा टाढा टाढाका पाहुनाहरू आउने क्रम सुरु भैसकेको छ । हामी किरात धर्मावलम्बीहरु कात्तिक २२ गते नै भेला हुनेछांै र हाम्रा गुरुलाई स्वागतका निम्ति तयार हुनेछौं ।” उनले जानकारी दिए ।