November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विराटनगरमा सवारी दुर्घटना : एकको मृत्यु, ६ जना घाइते

२०७८ कार्तिक १०

2.1K

विराटनगर : विराटनगरको कञ्चनबारीमा  सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

तीनवटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु र ६ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा विराटनगर महानगरपालिका-२ का ६० वर्षीय रमेशकुमार पाण्डे छ्न्।

घाइतेमध्ये ३ जनालाई नोबेल अस्पतालमा र अन्य ३ जनालाई कोशी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रक,  प्रदेश ३–००१–०२३–च २८५१ नम्बरको कार र  बा २ झ ३२६५ नम्बरको सरकारी गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।