November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा

2.2K

विराटनगर । अविरल वर्षाका कारण ३ दिनदेखि उडान अवरुद्ध भएको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । देशभर परेको वर्षाका कारण विमानस्थलमा बाढी पस्दा विमानस्थल अवरुद्ध थियो ।

जानकारीका अनुसार आज दिनभरमा १८ वटा फ्लाइट रहेको र ती सबै उडान हुनेछ ।

कात्तिक ३ गते विमानस्थलमा बाढी पसेपछि ४ र ५ गते विमानस्थलका उपकरणहरुको परीक्षण गरिएको थियो । परीक्षणमा उडान योग्य देखिएपछि आजदेखि उडान सुरु भएको प्राधिकरणले जानकारी दिएको छ ।

Advertisement