June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

मुख्यमन्त्री भीम आचार्यद्धारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

2K

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । आज (शुक्रबार) बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

मुख्यमन्त्रीको दल वा सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यताअनुसार आचार्यले प्रस्ताव पेस गरेका हुन् ।

नेकपा एमाले विभाजनपछि प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परेका छन् भने विपक्षी गठबन्धनले सरकार गठनका लागि दाबी गर्दै आएको छ ।

Advertisement

बैठक स्थगित
मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेलगत्तै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आइतबार हुने जानकारी दिए । अर्को बैठक कात्तिक ७ गते आइतबार दिउँसो १२ बजेका लागि बोलाइएको छ ।