June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

विराटनगर विमानस्थल डुबानमा, उडान अवरूद्ध

2.7K

विराटनगर । विराटनगर विमानस्थलमा बाढी पसेपछि हवाई उडान प्रभावित भएका छन् । डुवान परेसँगै हवाई सेवा अवरुद्ध भएको विमानस्थलले जानकारी दिएको छ । वायुसेवा कम्पनीहरुले पनि आजका सबै उडान रद्ध भएको बताएका छन् ।

डुबानका कारण बुद्ध एयरले आजका लागि तय भएका काठमाडौं–विराटनगर सबै उडान रद्ध गर्नु परेको जानकारी दिएको छ ।

त्यसैगरी यति एयरले पनि आजका लागि निर्धारित पाँच उडान प्रभावित हुने जानकारी दिएको छ ।

Advertisement

विराटनगर विमानस्थलको टर्मिनल भवनमा पानी पसेको छ भने रनवेमा पनि पानी जम्मा भएको छ ।