संखुवासभा : नेपाली कांग्रेस संखुवासभाको सभापतिमा दीपक खड्का निर्वाचित भएका छन्। कांग्रेसको १४ औं जिल्ला महाअधिवेसनबाट सभापतिमा खड्का एक हजार १९८ मत ल्याएर विजयी भएका हुन्।
खड्का कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन्। उपसभापति र सहसचिव पदमा पनि खड्का प्यानलकै विजयी भएका छन् ।
खड्काका निकटतम प्रतिद्वन्द्वी राईबहादुर राईले ११० मत प्राप्त गरेका छन्। उपसभापतिमा रामकुमार जिमी, अनन्त गौली, सचिवमा टकमान घले र कुमारबाबु अधिकारी तथा सहसचिवमा किशोरकुमार गुरुङ र सुवास कालाखेती विजयी भएका छन् ।
खड्काको स्थायी ठेगाना धर्मदेवी नगरपालिकाको आँखीभुइँ हो। उनी २०७० सालमा संखुवासभा क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित भई खानेपानी तथा सरसफाई राज्यमन्त्री भएका थिए।