May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

संखुवासभामा जसपाको सुज अभियान सुरू, चार महिनासम्म हुने

1.4K

संखुवासभामा । जनता समाजवादी पाटी नेपाल संखुवासभाको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान सुरू भएको छ । खाँदवारीको हिमालय माध्यमिक विघालयको सभाहलमा सो कार्यक्रम सुरू गरेको हो ।

पाटीको केन्द्रीय योजना अनुसार संगठन सुदृढीकरण तथा जनजागरण अभियान ४ महिनासम्म संखुवासभा जिल्लामा हुने केन्द्रीय सदस्य दिपक याक्खाले बताएका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य खगेन्द्र माखिम, रमेश राई, संघीय परिषद् सदस्य अञ्चल राई, सिताराम तिम्सिना, प्रदेश १ सदस्य भरत याख्खा, मणि दाहाल, विष्णु प्रसाद पन्त,शपालुङका सह संयोजक नुबु शेर्पा, समाजवादी महिला संघका केन्द्रीय सदस्य मुना राई, समाजवादी किसान संघका केन्द्रीय सदस्य चित्र राई लगाएतका नेताहरूको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रम पाटीका जिल्ला अध्यक्ष कमानसेन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।