September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

खोटाङको खोटेहाङ गाउँपालिकाका १६ जना अन्य पार्टीका स्थानीय नेता कांग्रेसमा प्रवेश

480

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका(१ लिकुवापोखरीमा नेकपा ९एमाले०लगायत पार्टी परित्याग गरी १६ जना स्थानीय नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसमा प्रवेश गर्नेहरुमा दीपेश खड्का, सागर खड्का, डम्बर खड्का, उमेश विक, लोक बहादुर वस्नेत, दिल बहादुर खड्का, पुजन खड्का, लक्ष्मण महराजी, लाल वहादुर न्यौपाने, कुल बहादुर खड्का, मनोज खत्रीलगायत छन् ।

Advertisement

पार्टी प्रवेश गरेकाहरुलाई नेपाली कांग्रेसका महासमिति सदस्य एवं युवा नेता रविप्रकाश राईले अविर माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा नेबिसंघ खोटाङका पूर्व अध्यक्ष एवं जिल्ला सदस्य दिनेश घिमिरे, नेपाल तरुण दल केन्द्रीय विभाग सदस्य राजु ढकाल, वाप्लुखाका पार्टी सभापति मिलन राई, सावाकटहरेका पार्टी सभापति जेफर राई लगायतका नेता कार्यकर्ताको उपस्थिति थियो ।

पार्टीमा प्रवेश गरेका नेता कार्यकर्तालाई युवा नेता रविप्रकाशले काङ्ग्रेस मार्फत देश निर्माण गर्ने राजनीतिक निर्णयको उचित मूल्यांकन गर्दै उपयुक्त जिम्मेवारी प्राप्त हुनेमा विश्वस्त हुन आग्रह समेत गरे।