September 26, 2021, Sunday
२०७८ आश्विन ११
1:37:26 pm

प्रदेश १ मा बढ्यो मृतकको ग्राफ, २४ घण्टामा १८ को मृत्यु, झापामा सबैभन्दा बढी

670

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणकै कारण २४ घण्टामा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । यसअघि मृतकको अधिकतम संख्या १७ थियो । तर, आज त्यो संख्या बढेर १८ पुगेको छ । यसअघि वैशाख २९ गते ८ महिला र ९ पुरुष गरी १७ जनाको मृत्यु भएको थियो ।

सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टायता मृत्यु हुनेमा ५ जना महिला र १३ जना पुरुष रहेका छन् । प्रदेश १ मा पनि सबैभन्दा बढी मृत्यु हुने झापाका छन् । झापामा आज एकैदिन २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको छ । यस्तै मोरङमा ४, सुनसरीमा २ र अन्य जिल्लामा ४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यो तथ्यांकसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९६ महिला र ४८८ पुरुष गरी ६ सय ८४ पुगेको छ ।

Advertisement

प्रदेश १ मा संक्रमितको संख्या ४६ हजार ५६९ पुगेको छ । संक्रमित भएका मध्ये ३१ हजार ३४८ संक्रमणमुक्त भएका छन् भने अझै सक्रिय संक्रमितको संख्या १४ हजार ५४१ रहेको छ ।