June 21, 2021, Monday
२०७८ असार ८
1:37:26 pm

वीपीमा कोरोना संक्रमित दुई युवतीको मृत्यु

330

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित दुई युवतीको मृत्यु भएको छ । धनुषाको जनकपुर १४ की १७ बर्षीया किशोरीको प्रतिष्ठानको आकस्मिक कक्षमा सोमबार साँझ मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उनलाई जेठ १ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । आइतबार कोरोना संक्रमण पुष्टि भएकोमा उनको सोमबार मृत्यु भएको हो ।

यसैगरि मोरङको बेलबारीकी कोरोना सङ्क्रमित एक महिलाको प्रतिष्ठानमै मृत्यु भएको छ । बेलबारी ९ मोरङकी २८ वर्षीय महिलाको उपचारको क्रममा प्रतिष्ठानको इमरजेन्सीमा सोमबार राति ८ बजे मृत्यु भएको हो ।

वैशाख ३ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो ।