November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अधिकारकर्मीको पहलमा रोकियो बालविवाह

2.3K

सर्लाही: सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् ।

सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो । ‘बेटी पढाउ, बेटी बचाऊँ’ अभियान चलिरहेको प्रदेशमा नै नाबालिकाको विवाह हुन खोज्नु दुखद् भएको संस्थाकी सहसंयोजक अञ्जना पन्त कडरियाले बताउनुभयो । ती बालिकाको घरको परिवारिक स्थिति नाज्ुक रहेका कारण परिवारले विवाह गरिदिन लागेका बताइएको छ ।

बालिकाले विवाह भन्दा आफूले पढ्न चाहेको इच्छा व्यक्त गरेकी सहसंयोजक पन्तले जानकारी दिनुभयो ।

Advertisement