जनकपुरधाम । तराई–मधेश लोकतान्त्रिक पार्टीले आज केन्द्रिय कार्यालयमा बैठक गरी प्रत्येक साल मनाउँदै आए झैं असोज ३ गते शुक्रवार कालो दिन मनाउने भएको छ ।
संविधानको घोषणा भएपछि तत्काल सीमांकन, पहिचान, समावेशिता, आदिको सम्वोधन नगरिएको भन्दै तत्काल संविधान संशोधनको माग गर्दै भएको आन्दोलनमा निहत्था शान्तिपूर्ण आन्दोलनकारीमाथि गरिएको बर्बर दमन र हत्याको विरोधमा र शहीदहरूलाई श्रद्धाञ्जली दिन कालो दिन मनाउने निर्णय भएको तमलोपाको नेता विभा ठाकुरले बताइन् ।
जनकपुरको जनकचौकमा तमलोपाले शहीदहरूलाई श्रद्धाञ्जली दिने कार्यक्रम रहेको बताइएको छ ।