January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

सहकारीको ऋण मिनाहा गर्न माग गर्दै प्रभु साह नेतृत्वको आजपाले गर्‍यो प्रदर्शन

1.8K

काठमाडौं । सहकारीको ऋण मिनाहा गर्न माग गर्दै प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले प्रदर्शन गरेको छ । बैङ्कहरूले मनोमानी लिएको ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले एक दिन मधेस बन्द घोषणा गरेको हो ।

बन्द गराउने भन्दै मधेस प्रदेशका आठा जिल्लामा पार्टीका नेता कार्यकर्ताहरू सडकमा उत्रिएर नाराजुलुस गरेका छन् । बन्दका क्रममा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

mostbet

पक्राउ पर्नेमा आम जनता पार्टीका केन्द्रीय उपाध्यक्ष तथा संविधान सभा सदस्य तिलक थापा मगर, महासचिव उपेन्द्र साह, पार्टी प्रवक्ता तथा आई.टी.आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभूषण साह, सचिव समिना हुसेन, स्थायी कमिटी सदस्य तथा धनुषा इन्चार्ज श्रीलाल महासेठ, केन्द्रीय सदस्य तथा महोत्तरी अध्यक्ष विजयकुमार साह, आम महिला मोर्चाका केन्द्रीय अध्यक्ष बबिता साह लगायतका रहेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार बन्द गराउन हिँडेका आजपाका ६५ भन्दा बढी नेता कार्यकर्ताहरूलाई नियन्त्रणमा लिइएको हो ।