November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संविधान दिवसको विरोध कालो झण्डा प्रदर्शन

2K

काठमाडौं । मधेश प्रदेशमा संविधान दिवसको विरोध कालो झण्डा प्रदर्शन गरिएको छ । जनकपुरमा आज संविधान जारी भएको दिनलाई कालो दिवसको रूपमा मनाइएको हो ।

तराई मधेस लोकतान्त्रिक पार्टीले २०७२ मा संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै जनकपुरधामको चोक–चोकमा कालो झण्डा प्रदर्शन गरेको छ ।

२०७२ सालमा जारी भएको संविधान दिवसको दिन मधेशमा राज्यले नै प्रहरी प्रशासन लगाएर मधेसीको हत्या गरिरहेकाले सो दिनको विरोध गरेको प्रदर्शनकारीको भनाइ छ । संविधानमा जनसङ्ख्याको आधारमा मधेसलाई समानुपातिक सहितको राज्यको हरेक निकायमा पहुँच हुनुपर्ने, प्रदेश संरचना अनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने लगायतका मागहरू रहेको उनीहरुको भनाइ छ ।

Advertisement

यसैगरी पहिचान पक्षधरहरुले पनि आज ‘ असोज ३, कालो दिन’ भएको भन्दै विरोध गरिरहेका छन् ।