December 9, 2023, Saturday
२०८० मंसिर २४
1:37:26 pm

जसपाले मधेश प्रदेश आठै जिल्लामा विस्तारित बैठक गर्ने

1.2K

काठमाडौं । आज जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिका आठै जिल्लामा विस्तारित बैठक बस्दै छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ ।

भदौ ११ गतेको मधेश प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा भदौ १७ गते आइतबार विस्तारित बैठक राख्ने निर्णय गरेको थियो । विस्तारित बैठकको सहजीकरणका लागि प्रदेश बैठकले प्रदेश कार्यकारिणी समितिका पदाधिकारीहरूलाई जिम्मेवारी तोकेको छ ।

जसअनुसार सप्तरी जिल्लामा दिनेशकुमार यादव र शैलेश कुमार साह, सिराहामा रामसेवक यादव र रेणु यादव, धनुषामा ज्ञानेन्द्रकुमार यादव, अरुणकुमार देव र युसुफ अली, महोत्तरीमा निर्मला कुमारी यादव र जितेन्द्र कुमार यादवले जिम्मेवारी पाएका छन् ।

Advertisement

त्यस्तै सर्लाहीमा रामपृत पासवान र निरा कुमारी साह, रौतहटमा रामबाबु कुमार यादव र पुनीत राम, बारामा बृजमोहन तिवारी र पर्सामा सुशिल कुमार यादवलाई तोकिएको छ ।

बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरू, प्रदेश समितिका नेताहरू, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू, पालिका समितिका पदाधिकारीहरू, निर्वाचित जनप्रतिनिधिहरू, भ्रातृसंगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीहरूलाई उपस्थित हुन भनिएको छ ।