June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

मधेशमा वर्तमान सरकारभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ: उपेन्द्र यादव

305

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा सरकार परिवर्तन नहुने बताएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले वर्तमान सरकारभित्रै मन्त्रिमण्डल विस्तार हुने बताएका हुन् ।

यादवले तत्काल सरोज कुमार यादव नेतृत्वको वर्तमान मधेस सरकारलाई नै विस्तार गर्नका लागि होमवर्क सुरु भइसकेको बताए ।

उपनिर्वाचनमा कुनै पनि दलहरूसँग कुनै पनि सर्त र सम्झौता नभएको उनले बताए । अध्यक्ष यादव गठबन्धन आबद्ध दलहरूको मुख्यमन्त्रीमा दाबी हुनु स्वाभाविक रहे पनि तत्काल कुनै पनि सम्भावना नरहेको र मधेस सरकारको नेतृत्व परिवर्तनको विषय गठबन्धनमा प्रवेश नपाएको बताए ।

Advertisement