June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

उपेन्द्र यादवलाई २ सय केजीको माला र चाँदीको मुकुट

585

विराटनगर। बारा–२ बाट निर्वाचित भएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई आफ्नो गृह जिल्ला मोरङमा भव्य सम्मान गरिएको छ । आफ्नो चुनावी क्षेत्रमा ६ दिनसम्म विजयोत्सव मनाएर आज आफ्नो गृह जिल्ला मोरङ (विराटनगर) पुगेका यादवको विजय उत्सव मनाइएको हो ।

पाँच दिनसम्म पुरै क्षेत्रमा घुमेर मतदाताहरूलाई धन्यवाद दिएका यादवलाई आज अन्तिम दिन कलैया उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले दुई सय केजीको माला र चाँदीको मुकुट लगाएर बधाई दिएका हुन् ।

निर्वाचित भएको क्षेत्रमा हात्ती चढाएर घुमाउने योजना अनुसार उत्सवका लागि रौतहटबाट हात्ती लगिएको थियो । तर, यादवले उक्त हात्ती चढेर घुम्न नमानेपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र अर्थमन्त्री सञ्जय यादवले सो हात्ती चढेर निर्वाचन क्षेत्र घुमेका थिए ।

Advertisement