February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सुरुवाती अग्रता

1.4K

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा २ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् । सोमबार दिउँसो मतगणना सुरु भएपछि पहिलोपटक सार्वजनिक भएको मतपरिणामअनुसार यादवले २२४ मतसहित अग्रता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयलका अनुसार जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७०, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् भने आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत पाएका छन् ।

तनहुँ–१ मा पनि मतगणना जारी छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । अहिलेसम्मको मतपरिणामानुसार वाग्ले १२७०५ मतसहित दोब्बर मतले अगाडि रहेका छन् । काँग्रेस उम्मेदवार गोविन्द भट्टराईले ७६४६ मतसहित दोस्रो स्थानमा छन् भने एमाले उम्मेदवार सर्वेन्द्र खनालले ४२१९ मत प्राप्त गरेका छन् ।

Advertisement

चितवन क्षेत्र नम्बर २ को मतगणना भर्खरै सुरु भएको छ । १ बजे सुरु हुने भनिएको मतगणना केहिबेर पछि मात्रै सुरु भएको हो । चितवन–२ मा रास्वपाका रवि लामिछाने, नेपाली काँग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने लगायतका उम्मेदवारबीच कडा प्रतिस्पर्धामा छन् ।