March 4, 2024, Monday
२०८० फाल्गुन २१
1:37:26 pm

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाए विश्वासको मत

1.5K

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । यादवले मत विभाजन एवं हस्ताक्षर प्रक्रियामार्फत्  सबै दलबाट पक्षमा विश्वासको मत प्राप्त गरेका हुन्।

१०७ सदस्यीय मधेस प्रदेश सभामा आज १०२ जना प्रदेशसभा सदस्य उपस्थित थिए। प्रदेश सभामा एमालेका २४, काँग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका ८ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन्। यस्तै ४ जना स्वतन्त्र सांसद छन्। ६ जना स्वतन्त्र जितेकामध्ये एक जना एमाले र एक जना माओवादी प्रवेश गरिसकेका छन्। 

सबै दल तथा सांसदहरूले विश्वासको मत दिएकोमा मुख्यमन्त्री राउतले धन्यवाद व्यक्त गरे।
उनले संघीयता बलियो बनाउन एकमत भएर काम गर्ने समेत प्रतिबद्धता जनाए।

Advertisement