काठमडौं । मधेसका स्वतन्त्र सांसद जवाहर महतो नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटेपछि महतो माओवादी प्रवेश गरेका हुन् ।
महतो एमालेका गणेश प्रसाईंलाई हराएर सर्लाही क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । यो क्षेत्र वामलोकतान्त्रिक गठबन्धनबाट नेकपा एकीकृत समाजवादीको भागमा उम्मेदवार परेपछि उनी माओवादी परित्याग गरेका थिए ।
मधेसमा ६ जना स्वतन्त्र सांसद रहेकामा तीमध्ये थप २ जना पनि माओवादी प्रवेशको तयारीमा रहेको जनाइएको छ । अहिले मधेसमा माओवादीका सांसद ९ जना पुगेका छन् ।