April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

मधेश प्रदेशमा सत्तारुढ गठबन्धनका मन्त्री हटाउने तयारी

2K

काठमाडौं । मधेश प्रदेशमा सत्तारुढ गठबन्धनका मन्त्री हटाउने तयारी गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार जना मन्त्रीलाई हटाएपछि जसपा नेतृत्वको सरकार रहेको मधेश प्रदेशमा यहाँ सत्तारुढ गठबन्धनबाट बनेका मन्त्रीहरुलाई हटाउने तयारी गरिएको हो ।

स्रोतका अनुसार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई हटाउने तयारी गरिएको छ । सत्ता गठबन्धनसँग आबद्ध दलका मन्त्रीहरूलाई हटाउने विषयमा मुख्यमन्त्रीले पार्टी नेतृत्वसँग परामर्श गरिरहेको बताइएको छ ।

प्रदेश सरकारमा संघीय सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह र ओमप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र सोही मन्त्रालयका राज्यमन्त्री रुबी कर्ण, नेकपा (एकीकृत समाजवादी)का शत्रुधन महतो र कानुन मन्त्री प्रमोदकुमार यादव छन् ।

Advertisement