February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

झुटो मुद्दामा काँग्रेस नेता गुप्ता प्रहरी नियन्त्रणमा

7.3K

-राजेश साह

रौतहट । रौतहटका नेपाली काँग्रेस मधेस प्रदेश सदस्य नितिश कुमार गुप्ताविरुद्ध मुद्दा दर्ता भएको छ । गुप्ताविरुद्ध बिरगंज उच्च अदालतको आदेशमा मुद्दा दर्ता भएको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान शाखामा चालचलन बुझ्न जाँदा सिआरसीमा अदालतबाट मुद्दा दर्ता भएको देखियो । त्यही क्रममा प्रहरी अनुसन्धानका पक्राउ पुर्जी जारी गरे काठमाडौ प्रहरी परिसर प्रमुखले बताए । गुप्ताबारे रौतहटको गरुडा ईलाकामा अनुसन्धान भैइरहेको छ ।

Advertisement

गुप्तालाई व्यक्तिगत रिसइबीका कारण सुनियोजित ढंगले फसाईएको देखिन्छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका ३१ वर्षीय गुप्ता नेपाली काँग्रेसका युवा तथा समाजिक न्यायका निम्ति लड्ने ईमानदार नेता हुन् ।

करोडौं ठगी गरि ३० लाख धरौटीमा जिल्ला अदालत गौरबाट छुटेका राजिन्द्र साह गौतम होटल र मलेसियामा मानव तस्करी गर्ने कार्यदेखि विभिन्न गलत गतिविधिमा संलग्न भएको थाहा पाएपछि गुप्ताले त्यसविरुद्धमा आवाज उठाएका थिए । आफूविरुद्ध आवाज उठाएकै कारण नक्कली कागज तयार गरि षड्यन्त्रपुर्वक मुद्दा दायर गरेका हुन् ।

प्रशासनले यस विषयमा गम्भीर रूपमा अनुसन्धान गरिरहेको र मुद्दा झुठो ठहर भएमा राजिन्द साहलाई समेत कार्वाही हुने एक वकिलले बताए ।

गुप्ता विगत लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय नेता हुन् । युवा क्रान्तिकारी नेताको रुपमा परिचित उनी बाल्यकालदेखि कुनै गलत गतिविधिमा नलागेको गाउँलेहरु बताउछन् ।

नेपाली काँग्रेस मधेस प्रदेश सदस्य नितिश कुमार गुप्ता निर्दोष भएको र प्रतिशोध र पुर्वाग्रहका कारण फसाईएको जिल्ला सह-सचिव फिरोज आलम बताउछन् ।

पक्राउ परेका गुप्तालाई बिहीबार ईलाका प्रहरी कार्यालय गरुडामा ठगी मुद्धामा म्याद थप गरिएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।