March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ मा

4.7K

काठमाडौं : विवादकाबीच रोकिएको नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने भएको छ।

केन्द्रीय महाअधिवेशनअघि नै प्रदेश अधिवेशनको उद्घाटन भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन स्थगित भएको थियो।

pinup pin up pin up pinup

प्रदेश २ विवाद हुँदा त्यसको असर केन्द्रीय महाधिवेशनमा समेत पर्नसक्ने भएकोले प्रदेश अधिवेशन स्थगित गरिएको थियो। प्रदेशका २ का ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन्।

Advertisement

सर्लाही, सप्तरी र रौतहटबाट मतदाताको नाम आउन नसकेपछि अधिवेशन स्थगित गरिएको थियो। सर्लाहीका कतिपय वडामासमेत अधिवेशन भएको छैन।

जिल्लाको निर्वाचन समितिहरूबाट प्राप्त हुनुपर्ने मतदाताको नामावली अझै पनि प्राप्त हुन नसकेका कारण समयमै प्रदेशको अधिवेशन गर्न नसकिएको प्रदेश २ का निर्वाचन संयोजक रमेश रिजालले जानकारी दिए।

कांग्रेसको केन्द्रीय महाधिवेशन सकिएर अहिले केन्द्रीय सदस्यहरूको मतगणना चलिरहेको छ। १३ पदाधिकारीहरूको भने अन्तिम मत परिणाम आइसकेको छ।