April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

महिला जवानले रगत दिएर बचाइन् सुत्केरीको ज्यान

3.9K

जनकपुरधाम : कोरोना संक्रमणको दोश्रो लहरको कारण ब्लड बैंक जनकपुरधाममा रगतको अभाव भएको बेला नेपाली सेनाका एक महिला सैनिक जवानले रगत दिएर एक जना सुत्केरी महिलाको जीवन रक्षा गरेकी छन्।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नंं २ बस्ने  रिना देवी गुप्ता सुत्केरी हुने क्रममा शरीरबाट अत्यधिक रक्तश्राव भई  गम्भीर अवस्थामा  श्रीराम अस्पतालमा उपचारार्थ थिइन्।

उनको परिवारजनले रगत नपाएर निरास भएको अवस्थामा नेपाली सेनाको धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणमा कार्यरत सैनिक जवान मनिका तामाङले रगत दिएर ज्यान जोगाएकी हुन्। 

Advertisement

समयमा सुत्केरी महिलालाई रगत उपलब्ध नभएको भए जुनसुकै बेला ज्यान जाने खतरा रहेको बेलामा नेपाली सेनाले गरेको रक्तदानको अस्पतालका चिकित्सकहरु, स्वास्थ्यकर्मी एवं नर्सहरुले सराहना गरेका छन्।  

सुत्केरी महिलाको जीवन रक्षा गर्ने कामको सुत्केरी महिला र उनका परिवारजनले नेपाली सेनाको जवानप्रति धन्यवाद दिँदै नेपाली सेनाको मानवीय कार्यमा भएको योगदानको प्रशंसा गरे।