March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

महोत्तरीमा कोरोना संक्रमणबाट थप तीनजनाको मृत्यु

3.4K

महोत्तरी : महोत्तरीको विभिन्न स्थानमा आज बिहान कोरोनाबाट तीनजनाको मृत्यु भएको छ। यससँगै महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले जानकारी दिए।

सिंहका अनुसार आज गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७ का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। तीनैजनामा क्रमशः वैशाख २८, ३० र जेठ १ गते कोरोना पोजिटिभ देखिएको थियो। उनीहरु विभिन्न आइसोलेशनकक्ष थिए। 

pinup pin up pin up pinup

आइतबार बिहानसम्म महोत्तरीमा कोरोना सक्रिय संक्रमितको संख्या एक हजार १३४ पुगेको छ। जसमध्ये १९ जना जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन्। त्यसैगरी ६ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिससमेत गरिएको कोभिड फोकल पर्सन सिंहले बताए। 

Advertisement