April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

430

बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत छैटौँ बैठक आज बस्दै छ।

दिउँसो १ बजे बस्ने बैठकको मुख्य आकर्षणका रूपमा ‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ रहनेछ। सो विधेयक वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले सभामा पेस गर्ने कार्यसूची रहेको बताइएको छ।

mostbet

विधेयक पेस गर्नुअघि बैठकको सुरुवाती समयमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्नेछन्।

Advertisement