December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न लागेको मेटमणी चौधरीको आरोप

२०७८ कार्तिक १७

620

भैरहवा । संघीय सांसद तथा नेकपा एकीकृत समाजवादी पार्टी लुम्बिनी प्रदेशका संयोजक मेटमणी चौधरीले ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न लागेको आरोप लगाएका छन् । ओलीबाहेक देशभरका कम्युनिष्टको साझा विचार रहेको हुँदा अब ओलीको दम्भलाई शून्यमा झार्न भएपनि संगठिन हुनुपर्ने बताए ।

बुधबार भैरहवामा आयोजित पत्रकार भेटघाटमा बोल्दै चौधरीले डुब्न थालेको कम्युनिष्ट आन्दोलनलाई उत्साहित पार्न एकीकृत समाजवादी पार्टी जन्मिएको बताए । २०१५ सालदेखि २०७४ सम्म विभिन्न निर्वाचनमा कम्युनिष्टले नेतृत्व गर्दै आएको तर क्षमतावृद्धि गर्न नसकेकाले आफ्नो पार्टी खडा भएको उनको भनाइ छ ।

नेपालमा कम्युनिस्ट पार्टीसँग दुई तिहाइको बहुमत हुँदाहुँदै पनि कम्युनिस्ट पार्टीमा ओलीवाद हाबी भएका कारण सरकार परिवर्तन भएको उनले बताए ।

Advertisement

त्यसैगरी चौधरीले घनश्याम भुसाल लगायतका नेताहरु बाटो बिराएर ओलीको पार्टीतिर गएको बताउँदै अहिले ओलीले ती १० भाइलाई लखेट्ने काम गरेको बताए ।