June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

लुम्बिनी प्रदेशका एमाले सांसद डाँगीले दिए राजीनामा

495

बुटवल । नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिएका छन् । डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तीलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

डाँगीले राजीनामा दिएको लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले पुष्टि गरे । ‘माननीय डाँगीले भर्खरै सभामुखज्यूलाई भेटेर राजीनामा दिनुभएको छ । सभामुखले सचिवालयमा पठाउनुभएको छ’, मगरले भने ।

मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ ।