November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कर्णालीलाई देशकै विकसित प्रदेश बनाउने गरेर काम भइरहेको छः मन्त्री खड्का

3.3K

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीलाई देशकै विकसित प्रदेश बनाउने गरेर काम भइरहेको बताएका छन् । भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको गुर्भाकोट नगरपालिका–९ गुर्भाकोट सुर्खेतमा उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो दाबी गरेका हुन् ।

उनले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका जनताका लागि सिँचाइ, विद्युतीकरण, सडक पूर्वाधारलगायतका सामाजिक सेवा पु¥याउने उद्देश्यले सरकारले भेरी किनारमा नयाँ कार्यालय स्थापना गरेको बताए ।

उनले भने, ‘डोल्पा, जाजरकोट, रूकुम, सल्यान र सुर्खेत जिल्लाका भेरी नदीसँग जोडिएका पालिकामा सडक, विद्युतीकरण, सिँचाइलगायतका सामाजिक सेवाका कार्यहरू गर्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको हो । भेरीको पानी बबईमा खस्नुअघिनै भेरी किनारका पालिकामा उद्देश्य अनुसारका कामहरू सम्पन्न गर्छौं ।’

Advertisement

भेरीको मुहान डोल्पादेखि सुर्खेतको घाटगाउँसम्मको भेरी किनारका जनताका लागि भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको गुर्भाकोट नगरपालिका–९ गुर्भाकोटमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बिहीबार उद्घाटन गरेका हुन् ।