June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

भेरी नदीको निर्माणाधीन बेलिब्रिज भाँचिदा दुईजनाको मृत्यु

895

जाजरकोट । भेरी नदीको निर्माणाधीन बेलिब्रिज भाँचिदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बहराइच जिल्लाका अन्दाजी ४० वर्षिय पुर्षोतम राजकुमार र अन्दाजी ४० वर्षिय धर्मेन्द्र गौतम रहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनमा परी ३ जना गम्भीर घाइते भएका छन् भने ४ जनाको अवस्था सामान्य छ । गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टर कोहोलपुर मेडिकल कलेज लगिएको छ । उक्त पुलमा ९ जना कामदार खटिएका थिए ।

जसमध्ये ८ जना भारत बहराइच जिल्ला मधुवापुरका र १ जना नेपालको नवलपरासीका छन् । गम्भीर घाइते हुनेमा भारत बहराइच मधुवापुरका ३२ वर्षिय सञ्जयकुमार गौतम, ६० वर्षिय राजकुमार हरिजन चमार र बर्दिया नगरपालिका– १० का ३८ वर्षिय गोपाल चमार भन्ने हरिजन छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

जाजरकोटको नलगाड नगरपालिका– १२ को तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ४ छरेबगर डावा जोड्ने पुल स्काभेटरले काम गर्दै गर्दा भाँचिएको थियो ।